Skip to content

माछापुच्छ्रे क्यापिटल तथा अप्पर स्याङ्गे हाइड्रोपावरबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्झौता

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडबीच अप्पर स्याङ्गे हाइइड्रोपावर लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्न आज आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सो सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक वीरबहादुर घलेद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता सँगै अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य माछापुच्छ्रे क्यापिटल लिमिटेड बागदरबार, काठमाडाैं व्म्ब् ऋयmउभिह, को तेस्रो तल्लाबाट हुने छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आइरहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima