काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिप्ला सेक्युरिटिज प्रा.लिलाई कारबाही गरेको छ । नेप्सेले सिप्लाको कारोबार तीन दिनका लागि रोक्का गरेको छ ।
सिप्लाले कारोबारको राफसाफ समयमै नगरेपछि सीडीएससीले नेप्सेलाई पठाएको पत्रको आधारमा तीन दिन कारोबार रोक्का गरेको हो ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ को उपविनियम १ (छ) बमोजिम २३ देखि लागू हुने गरी तीन कार्य दिनका लागि कारोबार गर्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्