Skip to content

सेबोनले खोल्यो बैंक तथा वित्तीय संस्थालाई ‘अविमोच्य असंचिति अग्राधिकार सेयर’ निष्काशन गर्ने बाटो

विदेशमा रहेका नेपालीले आईपीओमा दुई चरणमा आवेदन दिन पाउने

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असंचिति अग्राधिकार सेयर निष्काशन गर्ने व्यवस्था गरिएको छ ।

बोर्डले साउन १ गतेदेखि लागू हुनेगरी धितोपत्र निष्काशन तथा बाँडफाँड (नवौं संशोधन) निर्देशिकामा उक्त व्यवस्था गरेको हो ।

सेबोनलले अविमोच्य असंचिति अग्राधिकार शेयर निष्काशन प्रक्रियाका विषयमा दफा १० क बमोजिमको सेयर निष्काशन गर्ने बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत् ५० जना भन्दा कम हुने गरी संस्थागत लगानीकर्तालाई मात्र निष्काशन गर्न सक्नेछ ।
निष्काशन हुने सेयरमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैन ।

निष्काशन गर्दा सम्भावित संस्थागत लगानीकर्तालाई धितोपत्रसम्बन्धी विशेषता सहित जोखिम उद्घोषण विवरण उपलब्ध गराउनुपर्नेछ । साथै, लगानीकर्ताबाट उक्त विवरण पढेको बुझेको भन्ने व्यहोरा खुलाई लिखित रूपमा कागजात समेत निवेदनसाथ संलग्न गर्ने व्यवस्था गर्नुपर्नेछ ।

अविमोच्य असंचिति अग्राधिकार सेयरको अभौतिकीकरण र कारोबार सम्वन्धी व्यवस्था पनि गरिएको छ ।निष्काशन भएको सेयरको अभौतिकीकरण केन्द्रीय निक्षेप कम्पनीले र सूचिकरण तथा कारोबार प्रक्रिया धितोपत्र बजारले तोकेको व्यवस्था अनुसार हुनेछ । कारोबार संस्थागत लगानीकर्ताले मात्र खरिद बिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ । कारोबार हुने सेयरमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले खरिद बिक्री गर्न सक्ने छैन ।

अविमोच्य असंचिति अग्राधिकार सेयर निष्काशन गर्दा विवरण पत्रमा उल्लेख गर्नुपर्ने छ । निष्काशनका लागि तयार गरिएको विवरण पत्रमा अविमोच्य अंसचिति अग्राधिकार सेयरमा लगानी गर्दा यस विवरणपत्रको पृष्ठ नं.मा रहेको जोखिम उद्घोषण विवरणको समेत अध्ययन गरी लगानी सम्बन्धी निर्णय लिन सुझाव गरिन्छ ।

अविमोच्य असंचिति अग्राधिकार सेयरमा निहित जोखिम र नोक्सानी प्रशोचनका क्रममा हुन सक्ने अपेक्षित प्रक्रिया तथा परिणामहरू उल्लेख गरिएको जोखिम उद्घोषण विवरण संलग्न गर्नुपर्नेछ । विवरणपत्रमा अन्र्तनिहित जोखिम तथा सो व्यवस्थापनको लागि व्यवस्थापनको धारणा अन्तर्गत अविमोच्य असंचिति अग्राधिकार सेयरको लाभांश भुक्तानी तथा परिवर्तनका सम्बन्धमा उत्पन्न हुन सक्ने जोखिम र सोको व्यवस्थापनका लागि व्यवस्थापनको धारणा समेत उल्लेख गर्नुपर्नेछ ।

अविमोच्य असंचिति अग्राधिकार सेयर सम्बन्धी अन्य व्यवस्थामा अविमोच्य असंचिति अग्राधिकार सेयर निष्काशन गर्ने बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफा आर्जन गरेको अवस्थामा नियमन निकायबाट रोक लगाएको अवस्थामा बाहेक यस्तो शेयरको लाभांश वितरण नगर्ने निर्णय गर्न पाइने छैन ।

अविमोच्य असंचिति अग्राधिकार सेयरको विवरण सम्बन्धमा बोर्डले समय समयमा आवश्यक व्यवस्था तोकिदिन सक्नेछ । निष्काशन भएको धितोपत्रको फिर्ता वा साधारण सेयरमा परिवर्तन सम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले तोकिदिए बमोजिम हुने जनाएको छ ।

 

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याईएको सेयरका लागि दरखास्त दिन खुला रहने विद्यमान १५ दिनबाट परिमार्जन गरी ४ कार्यदिन कायम गरिएको छ ।

उक्त अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा १५ दिनसम्म समय कायम रहने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi