Skip to content

एसियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन तथा बिक्री खुला

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बुधबारदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

उक्त कम्पनीले हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात् १ः०.४२ अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ सो कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। सो कम्पनीको जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भर्ई कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद सेयरमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एसियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T