Skip to content

प्रिओपन सेसनमा नेप्से साढे ४ अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले घटेको छ।

मंगलबार ०.१४ अंक घटेर २६८३.८६ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ४.४९ अंक घटेर २६७९.३७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४८ अंक घटेको छ।

बुधबार प्रिओपन सेसनमा ३७ स्टकको ८६ पटकको कारोबारमा ४ करोड ८२ लाख २५ हजार ३७१ रुपैयाँ २० पैसाबराबरको ८३ हजार ९९३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi