Skip to content

स्वस्तिक लघुवित्तको आईपीओ निष्कासन, कहिलेसम्म दिने आवेदन ?

nabil bank

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

संस्थाले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेको हो । विदेश रहेका नेपालीका लागि २३ हजार १०० कित्ता आईपीओ निष्काशन गरेको छ ।

वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर निष्कासन हुने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime