Skip to content

सानिमा रिलायन्स लाइफद्वरा कर्मचारी माग

काठमाडौं । मंगलबार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ । उक्त कम्पनीको चार प्रदेशका  शाखा प्रमुख आवश्यक्ता रहेको सूचनामार्फत जानकारी गराएको छ।

कम्पनीले कोशी प्रदेशका भोजपुर, विराटनगर, खाँदबारी, ओखलढुङ्गा शाखाका लागि, मधेश प्रदेशको जितपुरका लागि, बागमति प्रदेशको बत्तीसपुतली, महाराजगंज, चनौली, कालिमाटी, फर्पिङ्ग शाखाका लागि, लुम्बिनी प्रदेशको बर्दघाट र रामपुर गरी १२ शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको छ ।

सो पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरी जीवन बिमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्याअनुभव भएको आवेदकहरुलाई मान्यता दिनेछ ।

इच्छुक तथा योग्यता पुगेकाले व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी चैत १३ गतेदेखि चैत १९ गतेसम्म कम्पनीको वेबसाइट  [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T