काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकको घोटला प्रकरणमा एमालेका नेता पशुपति दयाल मिश्रले राष्ट्र बैंकले अयोग्य भनेर पत्र पठाको व्यक्तिलाई पूर्वबैंकका सिईओ तथा अध्यक्षसमेत रहेका अधिकृत राजेन्द्र वीर रायले व्यक्तिले पुनः नियुक्ति गरेको आरोप लगाएका छन् ।
मिश्रले आफू बैंकको अध्यक्ष पदमा रहेको बेला दिनेशकुमार रावतलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । दिनेशकुमार रावत प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको केही समयपश्चात मिश्रको अध्यक्ष्यको कार्यकाल सकिएको र त्यसपछि राष्ट्र बैंकले रावत अयोग्य भएको पत्र दावी गरेका छन् ।
राष्ट्र बैंकले अयोग्य भन्दै पत्र पठाएको रावतलाई त्यसबेला निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा राखिएको उनले बयान दिएका छन् । त्यसपछि रायले रावतलाई पुनः कार्यकारी अधिकृतमा नियुक्त गरेको उनले बयान दिएका छन् ।
‘मेरो कार्याकाल समाप्त भएकोमा पछि राष्ट्र बैंकले पत्राचार गरी रावतको योग्यता नपुगेको भनी कैफियत जनाए पश्चात निजले निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा चलाई केही समय पश्चात राजेन्द्र वीर रायको अध्यक्षताको संचालक समितिले निजलाई पुनस् प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।’ उनले दिएको बयानमा भनिएको छ ।
यसैगरी, बयानमा मिश्रले २०७५ सालको माघ महिनासम्म बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले कार्यकारी अध्यक्षको प्रथालाई हटाउने निर्णय गरेपछि आफू अध्यक्ष बनेको बताएका छन् । नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी १० करोड पुर्याउन निर्देशन दिएपछि ‘कल इन एडभान्स’ शीर्षकमा रकम संकलन गरिएको भन्दै मिश्रले त्यस निर्णय सम्पूर्ण सञ्चालक समितिको रहेको दाबी गरेका छन् । उनले आफैंले २० लाख रुपैयाँ जम्मा गरेको हो कि होइन भन्नेमा एकिन नभएको बताएका छन् ।
उनले २०७४ सालमा हकप्रद सेयर निष्काशन प्रक्रिया सञ्चालन गर्न आफू अध्यक्ष रहँदा निर्णय भएको र त्यसमा प्रभु क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको भूमिका निभाएको उनको भनाइ छ । उनले हकप्रद सेयरका लागि नगद वा चेकमार्फत रकम दिएको तर अहिले सम्झना नभएको बताएका छन् । कर्जा प्रवाहबारे मिश्रले व्यवस्थापनबाट सिफारिस भई सञ्चालक समितिबाट स्वीकृति हुने परम्पराअनुसार ऋण प्रवाह भएको र आफूमाथि आएको अधिकांश आरोपहरू कार्यकारी प्रमुख तथा व्यवस्थापनको कार्यक्षेत्रमा पर्ने भन्दै इन्कारी बयान दिएका हुन्।
मिश्रले बैंकबाट रकम झिक्ने, अन्य बैंकमा जम्मा गर्ने, शाखामा पठाउने जस्ता कार्यहरू प्रमुख कार्यकारी अधिकृतको कार्यक्षेत्रभित्र पर्ने भएकाले त्यहीँबाट अपचलन भएको हुनसक्ने भन्दै आफ्नो संलग्नता अस्वीकार गरेका छन् । रकम अपचलनमा राजेन्द्र वीर राय, निरज विक्रम शाह, दिनेश कुमार रावत र वेद प्रकाश सिंह ठकुरीको संलग्नता हुन सक्ने उनको आरोप छ ।
धितो मूल्याङ्कनकर्ताको छनोटदेखि अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्न नसेकेको विषयमा समेत मिश्रले सञ्चालक समितिले व्यवस्थापनलाई निर्देशन दिएको भन्दै आफू दोषी नरहेको जिकिर गरेका छन् । मिश्रले आफ्नो खातामा आएको रकम, सेयर खरिदमा प्रयोग भएको माध्यम, जग्गा विवरण लगायतका धेरै विषयमा ‘हाल एकिन छैन’ भन्ने जवाफ दिएका छन् । उनले ५५ हजार रुपैयाँ तुल बहादुर गुरुङको नामबाट आएको बारेमा जानकारी नभएको बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्