Skip to content

प्रिओपन सेसनमा नेप्से १ अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा बिहीबार नेप्से परिसूचक ०.७९ अंकले घटेको छ।

बुधबार १.९४ अंक घटेर २८३२.०६ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.७९ अंक घटेर २८३१.२७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक घटेको छ।

आज प्रिओपन सेसनमा ५० स्टकको १७२ पटकको कारोबारमा ४ करोड ६३ लाख १४ हजार ९६८ रुपैयाँ ६० पैसा बराबरको ७७ हजार २२३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T