Skip to content

३ करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

nabil bank

म्याग्दी । सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ–बेनी सडक तीन करोड २१ लाख रुपैयाँको लागतमा मर्मतसम्भार गरेको छ ।

मालढुंगा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

उक्त सडकको हुुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi