काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीले निष्कासन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत बाँडफाँट भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।
कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा २४ लाख ४० हजार ४६० जनाले २ करोड ७४ लाख ६४ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको थियो भने २ हजार ३०० आवेदन रद्द भएको थियो ।
आईपीओमा १९ हजार ५१९ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । जसमा ५ जनाले थप १ कित्ताका दरले ११ कित्ता सेयर पाएको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्