Skip to content

प्रधानमन्त्री ओलीले जेनजी आन्दोलनको दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छः गगन थापा

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमाथिको दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाली कांग्रेस अब एकदिन पनि यो परिस्थितिको सांक्षी र साझेदार बन्न नसक्ने बताए ।

उनले फेसबुकमा लेखेका छन्, ‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ । प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi