काठमाडौं । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।
जेनजी आन्दोलनमा मारिएकाप्रति शोक मनाउन सरकारले बिला दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
यस्तै सरकारले जेनजी आन्दोलनको न्यायिक छानबिन आयोग बनाउने निर्णय गरेको छ ।
सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई यसअघि १० लाख दिने निर्णय गरिएकोमा ५ लाख थपेर १५ लाख दिने निर्णय गरेको उनको भनाइ छ ।
आन्दोलनमा मृत्यु भएकाको स्मरणमा जेनजी जगारण स्मारक पार्क निर्माण गर्ने निर्णय भएको मन्त्री अर्यालले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्