Skip to content

गत २३ गतेको सेयर कारोबार राफसाफ स्थगित

काठमाडौैं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले भदौ २३ गतेको धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट प्रक्रिया स्थगित गरेको छ। आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण सदस्य दलालको भुक्तानी प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै उक्त दुई दिनको राफसाफ स्थगन गर्ने निर्णय गरेको हो ।

स्टक ब्रोकर एसोसिएसन नेपालमार्फत प्राप्त सूचनामा समस्या उत्पन्न भएकाले तोकिएको मितिमा कारोबार फछ्यौट गर्न नसकिने उल्लेख छ। कम्पनीले धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ को विनियम २८ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि सो प्रक्रिया रोकिएको जनाएको छ।

भदौ २२ गते भएको सम्पूर्ण धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट भने भदौ २९ गते सम्पन्न भइसकेको सिडिएस एण्ड क्लियरिङले स्पष्ट पारेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi