काठमाडौं । सेयर बजारमा दोस्रो पटक नकारात्मक सर्किट लागेको छ ।
बजार ५ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि स्थगित भएको छ ।
कारोबार सुरु भएको पहिलो २ मिनेटमा बजार ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो ।
पहिलो सर्किट लागेर २० मिनेटका लागि बन्द भएको बजार पुनः खुलेको २ मिनेटमा नै ४ प्रतिशतले घटेर थप ४० मिनेटका लागि कारोबार स्थगन भएको छ ।
जेनजी आन्दोलनपछि बन्द भएर खुलेको पहिलो कारोबारमा लगातार सर्किट लागेको छ ।







प्रतिक्रिया दिनुहोस्