Skip to content

सिंहदरबारभित्र आगलागी भएका सवारी साधन हटाउन थालियो (तस्बिरहरु)

काठमाडौं । जेनजी आन्दोलनको कारण सिंहदरबारभित्र आगलागी भएर बसेका सवारी साधनहरु हटाउन थालिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी आन्दोलनको क्रममा सिंहदरबारभित्र आगलागीबाट क्षति पुगेका सवारीसाधन हटाउने कार्य सुरु गरिएको हो।

हाल ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा जलेका सवारी साधन हटाउने काम भई रहेको छ भने केही दिनभित्र सिंहदरबार भित्रको जलेका सम्पूर्ण सवारी साधन हटाउने मन्त्रालय स्रोतले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima