Skip to content

बीपी राजमार्गको नेपालथोक सडकखण्ड अस्थायी रूपमा सञ्चालन 

nabil bank
काठमाडौं ।  बीपी राजमार्गको नेपालथोक–भकुण्डेबेंसी सडकखण्डको अस्थायी सडक सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीको कारण क्षतिग्रस्त बन्न पुगेको उक्त सडकको अस्थायी बाटो सञ्चालनमा आएको हो ।
खाल्टेको कार्यक्षेत्रअन्तर्गत पर्ने बीपी राजमार्गको सिन्धुली जिल्लाभित्रको नेपालथोक खण्ड, बालुवा खण्ड, तथा आँपघारी (देविथान फाँट) मा अस्थायी सडक निर्माण कार्य सम्पन्न भएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।
अब बर्दिबास–सिन्धुली–खुर्कोट–बर्खे खोलासम्मको सडक खण्डमा सहज रूपमा सवारी–आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजनले जनाएको छ । बाढीको कारण सडक क्षतिग्रस्त बनेसँगै नेपालथोक–भकुण्डेबेंसी खण्डमा यातायात सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime