Skip to content

अन्तरिम सरकारका ४ मन्त्रीको विदेश भ्रमण तय, को कहिले जाँदै ?

nabil bank

काठमाडौं । अन्तरिम सरकारका ४ जना मन्त्रीको विदेश भ्रमण टुंगो लागेको छ । डेढ महिनाको अवधिमा सरकारका ४ जनामन्त्री विदेश भ्रमणमा जान लागेका हुन् ।

जसमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियार विदेश भ्रमणमा जान लागेका हुन् ।

अर्थमन्त्री रामेश्वर खनाल संयुक्त राज्य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनीसँग अर्थ सचिव घनश्याम उपाध्याय, नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेललगायत सहभागी हुनेछन् ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ कात्तिक १० गते भारत जाने कार्यक्रम तय भएको छ । कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ‘आईएसए’ को आठौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई सहभागी हुन जानेछन् ।

यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने युनाइटेड नेशन कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलपमेन्टको १६ औं सभामा भाग लिन जाने छन् । उक्त सभा कात्तिक ३ देखि ५ गतेसम्म आयोजना हुनेछ ।

यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियार पेरुकाे लिमामा मंसिर १० र ११ गते आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । लिमामा इन्टरनेशनल ट्रिटी अन प्लान्ट जेनेटिक रिसोर्स फर फुड एण्ड एग्रिकल्चर को गभर्निङ बढीको हाइ लेभल कार्यक्रममा सहभागी हुन लागेका छन् ।

चारै जना मन्त्रीको विदेश भ्रमण मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ । सिन्हा र परियारको भ्रमण असोज २३ गते बसेको बैठकले स्वीकृत गरेको हो । खनाल र घिसिङको यसअघि नै स्वीकृत भइसकेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi