Skip to content

सशस्त्रका इन्स्पेक्टर ढकालसहित २ जनाविररुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीका कार्यालय प्रमुखको सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित २ जनाविरूद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

ढकाललाई कोटहीमाई गाउँपालिका(५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीलाई भारतबाट कर छली गरेर सामान ल्याउन सहजीकरण गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार खत्रीलाई १५ हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरूले आपसमी मिलेमतोमा तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरयसी सामान ल्याउन सहजीकरण गरिदिने गरेको अनुसन्धानमा खुलेको छ।

उनीहरूले सेवाग्राहीलाई सहजीकरण गरिदिएवापत १५ हजार रूपैयाँ लिने गरेको पाइएको छ, आरोपपत्रमा भनिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T