काठमाडौं । भोटेकोशी पावर कम्पनी र भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट लिमिटेडबीच सहमति भएको हो । भोटेकोशीले १० प्रतिशत सेयर जेनजीलाई दिने भएसँगै आन्दोलन रोकिएको हो ।
आइतबार स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जेजनी पब्लिक इन्भेष्टमेन्ट र भोटेकोशी पावरका प्रतिनिधिसहितको उपस्थितिमा उक्त सम्भौता भएको हो ।
भोटेकोशीले यसअघि २०७१ पुस ९ गते भएको सहमतिमा ६ प्रतिशत सेयरमा ४ प्रतिशत थपेर १० प्रतिशत दिन सहमति जनाएको छ । ‘भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेडले आफ्नो सेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो’ सम्झौता पत्रमा उल्लेख छ ।
सेयरको अंकित मुल्य प्रतिकित्ता सय रुपैयाँ रहेको सन्दर्भमा स्थानीयको तर्फबाट लगानी गर्ने पब्लिक कम्पनीले हाल्ने सेयरमा भोटेकोशी पावरले कर्जाको लागीका लागि बैंकमा निवेदन दिने र बैंकले दिने कर्जाको लागी जमानीको ब्यवस्था गर्ने सहमति भएको छ । ‘कर्जा आगामी १ बर्षको लाभांशबाट दोस्रो पक्षको आयोजना निर्वाध रुपमा सधै सञ्चालन भएको अवस्थामा कर्जा तथा व्याज समेत चुक्ता हुने गरि दोस्रो पक्षले ब्यवस्था गर्ने सो लाभांशबाट फछ्यौट नभएमा दोस्रो पक्षले बाँकी कर्जा बराबरको रकम सकार्ने सहमति गरियो’ पत्रमा उल्लेख छ ।
१० प्रतिशत सेयरको लागि जलविद्युत उत्पादन क्षेत्रका स्थानिय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई कम्पनीको सेयरधनी बनाई सकेपछि जेनजीले १० प्रतिशत सेयरका लागि आवेदन दिने प्रक्रिया सुरु गर्ने सहमति भएको छ । भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्व वापत दिँदै आएको साविकको रकममा थप गरि बार्षिक २ करोड ५० लाख रुपैयाँ दिने सहमती भएको छ ।








प्रतिक्रिया दिनुहोस्