काठमाडौं । नेपाली बजारमा बिहीबार प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ।
आज सुन प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार ८सय रुपैयाँ बढी हो। बुधबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार छ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्