Skip to content

बिपदमा बीमाको सारथी शिखरः जेनजी आन्दोलनको दाबी भुक्तानीमा दियो तीब्रता

nabil bank

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले एक महिना अघिको जेनजी आन्दोलनको क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानीलाई तीब्रता दिएको छ ।

जेनजी आन्दोलनको क्रममा कम्पनीमा क्षति पुगेका मध्ये ४३३ वटा माग दाबीहरु परेका छन् । ४३३ वटाबाट २ अर्ब ४१ करोड ७० लाख ८९ हजार ८८१ रुपैयाँ कुल दाबी परेको छ । जसमा कम्पनीले १७३ वटा दाबीको ४१ करोड ७ लाख ४० हजार ६२१ रुपैयाँ भुक्तानी प्रदान गरिसकेको छ । कम्पनीले दाबी भुक्तानीलाई तिब्रता दिँदै जाने जनाएको छ । यो साताभित्र ५० प्रतिशत भुक्तानी गर्ने जनाएको छ ।

कम्पनीका अनुसार असोज २६ गतेसम्म परेको बीमा दाबीमा बागमती प्रदेशमा ३४८ वटा, मधेसमा २४ वटा, लुम्बिनीमा १४ वटा, सुदूरपश्चिममा २६ वटा, कर्णालीमा १२ वटा, कोशीमा ६ वटा र गण्डकीमा ३ वटा छन् ।

कम्पनीले बीमाको दाबी भुक्तानी प्रकृयालाई तिब्र रुपमा अघि बढाएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिप प्रकाश पाण्डले बताए । कम्पनीले समयमा नै गर्दै आएको दाबी भुक्तानीले सेवाग्रहीमा बीमा क्षेत्रको विस्वास बढाउन सहयोग गरेको बताए ।

‘शिखर इन्स्योरेन्समा बीमा दाबी भुक्तानीमा कुनै समस्या छैन, समयमै दाबी भुक्तानीको काम भइरहेको छ’ सीईओ पाण्डेले भने ‘यसबाट कम्पनीलाई ३६ करोडको दायित्व पर्नेछ, कर छुट भएमा २५ करोड हुन आउँछ ।’ उनले कर छुट भएमा आगामी वर्ष पनि कम्पनी नाफामा जाने उनको भनाइ छ । उनले कम्पनीमा दाबी गर्न आउनले सबै कागजात लिएर आएपछि पनि रि–इन्स्योरेन्समा केही समय लाग्ने गर्छ ।

‘बीमा दाबी प्रकृया ढिलो हुनुमा प्रहरी रिर्पोटमा एकिन गर्न, दर्ता खारेज गर्न मोटर बीमामा अख्तियारको निर्देशन छ’ उनले भने, ‘यसमा गाडीको टोटल लस तिर्ने हो भने दर्ता खारेज प्रकृया नगरिकन नदेउ भनेको हुनाले दर्ता प्रकृयामा जानु पर्दा समय लाग्छ ।’

कम्पनीले नेपाल रि–इन्स्योरेन्समा कागजात पेश गरेपछि भुक्तानीका लागि केही समय लाग्ने गरेको छ । नेपाल रि– इन्स्योरेन्सले आवश्यक प्रकृया पूरा नगरी दाबी भुक्तानी पाइँदैन । ‘यो रि स्टेटमेन्ट गर्ने पोलिसीहरुमा समय लाग्ला’ उनले भने ‘तर अरु सम्बन्धित निकायले कागजात दर्ता खारेजीहरु समयमै आयो भने २,३ महिना भित्रै भुक्तानी हुन्छ ।’

जेनजी आन्दोलनका क्रममा गाडी, व्यक्तिका अन्य निजी सम्पत्ति मात्रै नभएर सरकारी निकाय, प्रहरी कार्यालयहरु पनि ध्वस्त भएका छन् । यही बीचमा पनि प्रहरीले समयमा नै रिपोर्ट बनाइदिने गरेको छ । कतिपय स्थितिमा स्थानीय तहले दिएको कागजातका आधारमा पनि दाबी भुक्तानी हुने गरेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पारेको क्षतिका कारण निर्जीबन बीमा कम्पनीमा ठूलो दायित्व सृजना हुने, यसलाई कम्पनीहरुले कसरी व्यवस्थापन गर्छन भन्ने सबैको चासो रहेको देखिन्छ । तर, कम्पनीले भने यसबाट धेरै चिन्ता लिनुनपर्ने जनाएको छ । जेनजी आन्दोलनले धेरै दाबी परेपनि कम्पनीको आम्दानीमा धेरै फरक नपर्ने पाण्डेको भनाइ छ ।

कम्पनीका नायब महाप्रबन्धक तथा कम्पनी सचिव सुरज राजबाहकले पनि यसैमा जोड दिए । राजबहाकका अनुसार एक अर्ब क्षति भयो भने कम्पनीमा साढे ३ करोड मात्रै पर्छ । उनले सेयरधनीलाई यसमा चिन्ता नलिन आग्रह गरेका छन् । उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष नेटवर्थ पनि बढेको छ । गत वर्ष कम्पनीको नेटवर्थ ५ सय ८१ थियो । यो वर्ष ६ सय भन्दा माथि पुग्ने छ ।

गत आवको असार मसान्तसम्म कम्पनीको नाफा ४५ करोड ५१ लाख ९३ हजार रुपैयाँ छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २.२२ प्रतिशतले धेरै हो । ‘हाम्रो भागमा ३६ करोडमा ग्रस आयो । त्यसलाई पीएनएनमा एडजस्ट गर्दा ३० प्रतिशत कर र १० प्रतिशतको बोनस हुन्छ’ उनले भने ‘अर्को वर्ष हामी ३०–३५ प्रतिशत नाफा कमाउन सक्छौं ।’

यो घटनाबाट कम्पनीको दायित्व बढ्ने मात्रै नभई व्यापार पनि वृद्धि कम्पनीको विश्वास छ । कम्पनीको अर्निङ पर सेयरहरु खासै नकारात्मक भएको छैन । कम्पनीको नेटवर्थ ५८१ बाट बढेर ६ सय भन्दा बढी हुने छ । असार मसान्तसम्म कुल पुँजी २ अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँ छ । कम्पनीमा सूचक सलब रहेका कारण सेयरधनी तथा लगानीकर्ता आँत्तिहाल्नु पर्ने अवस्था नहेको उनले बताए । कम्पनीले केही समय अघि गराएको रेटिङमा शिखर इन्स्योरेन्स कम्पनीले ‘डब्बल ए माइनस’ रेटिङ पाएको छ ।

योसँगै बलियो तथा सुरक्षित बीमा कम्पनीका रुपमा उभ्याउन सफल भएको कम्पनीले जनाएको छ । सरकारको लगानी तथा वैदेशिक लगानी रहेको कम्पनीहरु बाहेकका कम्पनीहरु मध्ये डब्बल ए माइनस रेटिङ पाउने एक्लो कम्पनी भएको हो ।

रेटिङका क्रममा इक्रा नेपालले महाविपत्ति पुनर्बीमा तथा उत्कृष्ट पुनर्बीमा तथा जोखिम व्यवस्थापन, शिखर इन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमध्यकै सबै भन्दा अधिक रकम तथा सबैभन्दा अधिक मात्राको महाविपत्ति पुनर्बीमाको विश्लेषण गरेको थियो ।

इन्स्योरेन्सले आफ्ना पुनर्बीमकहरुकै साथका कारण भूकम्प तथा बाढी लगायतका बीमा दाबीको दाबी द्रुत गतीमा भुक्तानी गर्न सफल रहेको जनाएको थियो छ । विगतमा समेत भूकम्प बाढी तथा पहिरो तथा हुलदंगाको दाबी भुक्तनी द्रुत गतिमा भुक्तानी गरी नेपालको निर्जीवन बीमा क्षेत्रमा उत्कृष्ट बीमा कम्पनीका रुपमा आफूलाई प्रमाणित गर्दै आएको जनाएको छ । कम्पनीले २०८१ असोज महिनामा आएको बाढीमा १ अर्ब १० करोड ७५ लाख ३४ हजार रुपैयाँ माग दाबीमा ८१ करोड ५२ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

नेपालमा बीमाको सचेतना बढ्दै गएको छ । निजी क्षेत्रले बीमाको महत्व बुझेको भए पनि सरकारी निकायले बु्झ्न अझै बाँकी छ। बाढी पहिरो जस्ता प्राकृतिक विपद, आन्दोलन लगायतबाट धनजनको क्षति भइरहेको छ । यस्तो क्षति बढ्दै जाँदा आम मानिसले आफ्नो सम्पत्तिको बीमा गर्नुपर्छ भन्ने पाठ सिक्दै गएका छन् । जेनजी आन्दोलनका कारण भएको क्षतिबाट बीमाका बारेमा धेरै मानिसले धेरै पाठ सिकेका छन् ।

अहिले कम्पनीले जेनजी आन्दोलनको क्रममा नष्ट भएकाहरुलाई एडभान्स दिने गरेको छ । कम्पनीले क्षति भएका सम्पत्तिको पुनर्निर्माण गर्न एडभान्स दिने र पछि बीमाको दाबी भुक्तानी गर्ने समेत जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime