Skip to content

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २२.५८ अंक घटेर २५०५.५८ विन्दुमा झरेको हो। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.९२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंक घटेको छ।

सेयर बजारसँगै आज कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

बुधबार कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ । बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०९ प्रतिशत घटेको छ।

आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेरमूल्य सर्वाधिक ६.९३ प्रतिशत बढेको छ। यसैगरी, आज समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आन नेपाल पुनर्बीमा कम्पनी उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज २० करोड ५४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज हिमालयन रि इन्स्योरेन्सको करिब साढे १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima