Skip to content

राष्ट्रिय बीमा कम्पनीले दाबी भुक्तानी दियो भने अर्को वर्ष लाभांश दिन्छौः अरुण कावेली

nabil bank

काठमाडौं । यो वर्ष सेयरधनीको हात खाली बनाएको अरुण कावेली पावर कम्पनीले अर्को वर्ष सेयरधनीलाई लाभांश दिने आश्वासन दिएको छ ।

कम्पनीले सेयरधनीलाई आगामी बर्ष लाभांश दिने आश्वासन दिएको हो । लाभांश दिनका लागि भने बीमा कम्पनीले आयोजनामा बाढीले पुर्याएको क्षतिको भुक्तानी दिनुपर्ने छ ।

कम्पनीले सञ्चालन गरिरहेको कावेली वि–१ जलविद्युत आयोजना (२५ मेगावाट) मा २०८० जेठ ३२ गते आएको बाढी पहिरोको कारण भएको क्षति नोक्सानीका कारण विद्युत उत्पादन करिब ७ महिना बन्द रहेको थियो ।

२०८१ असोज ११ र १२ गते आएको बाढी पहिरोको कारण काबेली कोरिडोर अन्र्तगत इलाम र गोदकको वीचमा पर्ने १३२ केभी प्रसारण लाईनका ४ वटा टावरमा क्षति पुग्दा करिब २ महिना परियोजनाको विद्युत उत्पादन बन्द भएको थियो । जसले विद्युत आम्दानीमा कमी आएकाले यस वर्ष सेयरधनीहरुलाई लाभांश वितरण गर्न नसकिएको न्यौपानेले बताए ।

‘राष्ट्रिय बीमा कम्पनी लिमिटेडले खटाएको सर्भेयरहरुले पटक पटक स्थलगत भ्रमण गरी बाढीबाट पुग्न गएको हानी नोक्सानीको विष्लेषण गरी सम्पत्ति तथा विद्युत उत्पादन नोक्सानी वापत १६ करोड एकिन गरी बीमाको क्षतिपुर्तिको भुक्तानीको लागि वीमा कम्पनीमा फाईल पेश गरेको लामो समय व्यतित भएको छ’ उनले भने ‘त्यो रकम पाइएको छैन ।

आयोजनामा बाढीले क्षति पुर्याएको २८ महिना अवधि पुरा हुँदा पनि परियोजनाको बीमाको क्षतिपूर्ति बापतको रकम भुक्तानी पाउन नसकेको उनको भनाइ छ । उक्त रकम भुक्तानी गराउनका लागि अध्यक्षले सेयरधनीलाई अपिल गरेका छन् ।

‘काबेली बि–१ जलविद्युत परियोजनामा गत वर्ष भएको क्षतिका कारण कम्पनीले यस लाभांश वितरण गर्न नसकेको हो’ कम्पनीका अध्यक्ष रमेशप्रसाद न्यौपानेले भने ‘बीमा कम्पनीबाट दुई वर्ष वितिसक्दासम्म पनि दावी भुक्तानी प्राप्त हुन सकेको छैन । परियोजना सन्तोषनजक रुपमा सञ्चालनमा रहेकाले र बीमा दावी प्राप्त भए सँगै अर्को वर्ष लाभांश दिन सक्ने अवस्था पुग्ने छौ । यसमा तपाईहरुको पनि सहयोग चाहियो ।’

काबेली इनर्जी लिमिटेडले प्रवद्र्धन गरी निर्माण गरिरहेको ३७.६० मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनामा थप लगानी गर्न र काबेली बि–१ जलविद्युत परियोजना निर्माणका लागि कुमारी बैंकबाट लिइएको बैंकको दीर्घकालीन कर्जा आंशिक भुक्तानी गर्ने तयारी रहेको छ ।

हाल कम्पनीको कायम चुक्ता पुँजी ३ करोड ८९ लाख ५९ हजार ४२१ रुपैयाँका दरले १०० अकिंत दरमा २१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

अरुण काबेली पावर लिमिटेडले काबेली ए जलविद्युत आयोजनामा थप लगानी गर्न र बैंकको दीर्घकालिन कर्जा आशिंक भुक्तानीका लागि २ः१ अनुपातमा हकप्रद निष्काशन गर्न लागेको जनाएको छ । हकप्रद बाट आएको १ अर्ब ९४ करोड ७९ लाख प्राप्त हुनेछ । जस मध्येबाट निर्माणधिन काबेली ए जलविद्युत आयोजनामा थप ९४ करोड ७९ लाख लगानी गर्ने र बाँकी १ अर्ब २५ मेगावाट क्षमताको काबेली वि–१ जलविद्युत परियोजना निर्माणका लागि कुमारी बैंक लिमिटेडबाट लिइएको बैंकको दीर्घकालीन कर्जा आंशिक भुक्तानी गर्ने अध्यक्ष न्यौपानले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime