Skip to content

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट, २ लाख ५१ हजारले हातपारे

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको छ भने २६ हजार ६३६ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। यसअनुसार २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ३ कित्ता शेयर सोही लगानीकर्ताहरुमाझ वितरण गरिएको छ। जसअनुसार ३ जना आवेदकले थप एक कित्ता अर्थात् कुल ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi