Skip to content

सेयर बजारमा हरियाली, सूचकसँगै बढ्यो कारोबार रकम

nabil bank

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुदेखि नै बजारमा आएको हरियाली अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक ३४.२२ अंकले बढेर परिसूचक २६००.३८ बिन्दु कायम भएको छ ।

आज ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँको कारोबार भएको छ । यो दिन बजार मापन गर्ने सूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार २१६ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ ।

कारोबारमा सबै सूचकमा हरियाली छाएको छ । बजारमा हरियाली छाउँदा गुँरास लघुवित्त र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime