Skip to content

माबिलुङ इनर्जीको ३८ लाख ५८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार माबिलुङ्ग इनर्जी लिमिटेडको सृयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

आईपीओ बाँडफाँट भएको करिब साढे २ महिनापछि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सेयर गत भदौ ८ गते बाँडफाँट भएको थियो।

कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता सेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर भोली अर्थात कात्तिक १८ गतेको स्पेशल प्रिओपन सेसनमा कारोबार भइपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीलाई एमएबीईएल स्टक टिकर दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T