काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ मा पुगेको हो । आज सेन्सेटिभ इण्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंकले घटेको छ।
आज ३ सय २२ कम्पनीको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९ सय ३८.९८ रुपैयाँको कारोबार भएको छ ।
आज ३३ कम्पनीको सेयर मूल्य बढ्दा २ सय १३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २७ करोड ९८ हजार रुपैयाँ बराबरकोे कारोबार भएको छ भने कम्पनीको सेयर प्रतिकित्ता न्युनतम मूल्य २ हजार १२९।१० रुपैयाँ रहेको छ ।
त्यस्तैगरी, राधी विद्युतको २२ करोड ४६ लाख ६५ हजार ९६२ रुपैयाँको कारोबार भएको छ भने कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम मूल्य ७७० रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।
आज माबिलुङ इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मुक्तिनाथ कृषि कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।






प्रतिक्रिया दिनुहोस्