Skip to content

एसवाई प्यानल नेपालको आईपीओ निष्कासन, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौं । एसवाई प्यानल नेपालले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ ।

कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानिय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्काशन गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको प्रतिकित्ता सय रुपैयाँका दरले ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

जसमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय, ४ लाख ९७ हजार ९२ कित्ता साधारण सेयर विदेशमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ ।

त्यस्तै, कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर छुट्याएको छ । बाँकी रहेको ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँको ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा कात्तिक २३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ३ गतेसम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima