Skip to content

बुंगल हाइड्रोको ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार बुङ्गल हाइड्रो लिमिटेडको सेयर सूचीकृत भएको छ। आज कम्पनीको ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको २९ लाख ५ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५३ लाख ९५ हजार कित्ता सेयर गरी कुल ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोलि सोमबारको स्पेशल प्रिओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई बीयूएनजीएएल स्टक टिकर प्रदान गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T