Skip to content

होटलमा मुख्यमन्त्रीको सपथ, एमालेका नेता पहिलो पटक बने मधेश प्रदेशको मुख्यमन्त्री

काठमाडौं।  मधेश प्रदेशमा पहिलोपटक नेकपा एमालेका नेता मुख्यमन्त्री बनेका छन्। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले आज बिहान बर्दिबासस्थित पानस होटेलमा मुख्यमन्त्रीको शपथ ग्रहण गरेका हुन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई आइतबारकै मिति राखी आज बिहान नियुक्त गरेर सोही होटलमै शपथ गराएकी हुन्। यो पहिलो पटक हो जब मधेश प्रदेशको मुख्यमन्त्रीले सरकारी भवनभन्दा बाहिर, होटलमा नै शपथ ग्रहण गरेका छन्।

यसअघि मुख्यमन्त्री रहेका जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि, संविधानको धारा १६८ को उपधारा (३) अनुसार, प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi