Skip to content

शिवम सिमेन्ट र हिमाल आइरनले तिरे डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता, प्राधिकरणले जोड्यो लाइन

nabil bank

काठमाडौं । शिवम सिमेन्ट र हिमाल आइरन एण्ड स्टिल ले डेडिकेटेड फिडर तथा ट्रंक लाइन बक्यौता बापतको पहिलो किस्ता विद्युत प्राधिकरणलाई तिरेका छन् ।

प्राधिकरणका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले दुवै उद्योगले पहिलो किस्ता बापतको रकम बुझाएको बताए । उनका अनुसार शिवम सिमेन्टले २ करोड ३८ लाख रुपैयाँ र हिमाल आइरन २४ लाख ५० हजार रुपैयाँ बक्यौता तिरेका हुन् ।

हिमालले आइतबार र शिवमले आज सोमबार बक्यौता तिरेको हो । बक्यौता तिरे लगत्तै दुवै उद्योगमा विद्युत लाइन जडान भएको छ ।

प्राधिकरणले शिवमकोे लाइन कात्तिक ४ गते बिहान काटेको थियो । शिवमले प्राधिकरणलाई ६६ करोड ८८ लाख, ८७ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी थियो ।

उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री शुसिला कार्की लगायत उच्च सरकारी अधिकारीसँग उच्चस्तरिय छलफल पश्चात डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव ल्याएको थियो ।

प्रधानमन्त्री कार्की सहित अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिंग, उद्योग वाणिज्य मन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालबीचको छलफलले मध्यमार्गी प्रस्तावमा सहमत जनाएपछि उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाउन थालेका हुन् । त्यो सँगै प्राधिकरणले पनि लगत्तै काटिएको लाइन जडान गर्ने गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime