Skip to content

ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रमुख सिलवाललाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

nabil bank

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई
तत्काल बर्खास्त गर्न माग गरेको छ ।

मन्त्री घिसिङ र प्रबन्ध निर्देशक सिलवालले सेटिङमा विद्युत् खरिद सम्झौता गरेको आरोप लगाउँदै तत्काल बर्खास्त गर्न माग गरेको छ । मुभमेन्टका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गर्दै बर्खास्त गर्न माग गरेको हो ।

‘भारतको कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सानी हुने गरी गैरकानुनी विद्युत् खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनता माथि खुलेआम प्रहार गरिएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ‘यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको छ । यो कार्य सिधा सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो’ विज्ञप्तिमा उल्लेख छ ।

मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्ने उल्लेख छ । प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्ने उल्लेख छ ।

विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत सम्झौताहरू सार्वजनिक गर्नुपर्ने र राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्नुपर्ने माग रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi