काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ट्रंकलाइन र डेडिकेटेट बक्यौता विवादमा अर्घाखाँची सिमेन्टले पहिलो किस्ता बुझाएको छ ।
विद्युत् प्राधिरकणका अनुसार अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख रुपैयाँ बक्यौता रहेको दाबी गरेको थियो । जसमा २८ किस्तामा तिर्ने गरेर पहिलो किस्ता अन्तर्गत १ करोड ६० लाख प्राधिकरणलाई बुझाएको हो । अर्घाखाँची सिमेन्टले पहिलो किस्ता बुझाएसँगै विद्युत् प्राधिकरणले लाइन जोडेको छ ।
प्रधानमन्त्री शुसीला कार्कीसँग भएको सहमतिमा विद्युत् प्राधिकरणले पठाएको बिलमा उद्योगीहरुले न्यायिक निकायबाट मुद्दा टुंगो लगाउन धरौटीको रुपमा पहिलो किस्ता तिर्ने र पुनरावलोकन समितिबाट यसलाई टुंगाउने सहमति भएको थियो ।
तर,प्राधिकरणले भने उद्योगीहरुले २८ किस्ता अन्तर्गत पहिलो किस्ता बुझाएको दाबी गरेको छ । योसँगै सबैजसो उद्योगीहरुले पहिलो किस्ता रकम बुझाएका छन् ।






प्रतिक्रिया दिनुहोस्