काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३२ करोड ४२ लाख रुपैयाँ नाफामा पुगेको छ। बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.७७ प्रतिशतले बढेर १ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
यस आवधिमा कम्पनीको कुल नाफा ४०८.८१ प्रतिशत बढेको ६१ करोड २६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १५.९१ प्रतिशत घटेर ६ करोड ६१ लाख रुपैयाँमा झरेको छ । जसको कारण कम्पनीको अन्य वित्तीय सूचकमा सुधार आएको हो ।
यस अवधिमा कम्पनीको कुल खर्च ८१.८९ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ३१.९१ गुणा रहेको छ ।






प्रतिक्रिया दिनुहोस्