काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनमा १५३८.१६ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
समीक्षा अवधिमा कम्पनीको १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ थियो। कम्पनीको आम्दानी ९.०३ प्रतिशतले बढेको छ।
चालु वर्षको असोजसम्म कम्पनीको व्यापार खर्च १ अर्ब २० करोड ६७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यापार खर्च १ अर्ब ३० करोड २७ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार खर्च ३.३७ प्रतिशतले घटेको छ।
चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १५.३७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९२.१८ रुपैयाँ रहेको छ।






प्रतिक्रिया दिनुहोस्