Skip to content

क्यान अध्यक्ष पाण्डेको विधान विपरित काम

nabil bank

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान) की अध्यक्ष सुनैना घिमिरे पाण्डेले विधान मिचेर कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी छिन् ।

करिब दुई साता अघि दुई महिनाका लागि विदेश भ्रमणमा गएकी अध्यक्ष पाण्डेले विधानको २६ को ६ मा भएको व्यवस्था विपरित कार्यबाहकको जिम्मेवारी दिएकी छिन् ।
क्यानको विधानको २६ मा अध्यक्षको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ ।

विधानको २६ को ६ मा ‘अध्यक्ष नेपाल बाहिर रहेको अवस्था वा कुनै कारणले आफ्नो काम गर्न असमर्थ भएको अवस्थामा वा निजको पद रिक्त भएमा प्रथम (बरिष्ठ) उपाध्यक्षलाई कार्यबाहक अध्यक्षको जिम्मा दिनुपर्नेछ’ भन्ने व्यवस्था रहेको छ ।

तर, अध्यक्ष पाण्डेले विधानलाई मिच्दै पाँचौ नम्बरको उपाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएकी छिन् । क्यानको कार्यसमितिको सूचीमा उपाध्यक्ष श्रेष्ठको नाम पाँचौ नम्बरमा रहेको छ । यो विषय अहिले क्यान भित्र निकै चर्चामा रहेको छ ।

यो विषयमा हामीले जानकारी लिन खोज्दा कार्यबाहक अध्यक्ष श्रेष्ठले संस्थागत विषयमा महासचिले मात्रै बोल्ने बताइन् ।

यता महासचिव चन्द्र विलास भुर्तेलले भने यो विषय धेरै ठूलो नभएको बताए । उनले अध्यक्षले गरेको निर्णय कसैलाई चित्त नबुझेको खण्डमा क्यानमा उजुरी दिन सक्ने वा जिल्ला प्रशासन कार्यलयमा जाने व्यवस्था रहेको स्मरण गराए ।

महासचिव भुर्तेलका अनुसार अध्यक्ष पाण्डेले श्रेष्ठलाई कार्यबाहक दिएको दिनको बैठकमा बरिष्ठ उपाध्यक्ष चिरन्जिवी अधिकारी बैठकमा उपस्थित नभएको हुनसक्ने बताए ।

क्यानका पूर्व अध्यक्ष बिनोद ढकालले संस्था विधानले चल्ने भएका कारण सबैले विधान मान्नु पर्ने बताए । ‘विधान यसले मान्ने, यसले नमान्ने भन्ने हुँदैन, यो सबैको लागि हो’ ढकालले भने ‘संस्था चल्ने भनेको विधान अनुसार हो । यसलाई मिचेर कोही पनि अघि बढ्न मिल्दैन ।’

यता क्यानका बरिष्ठ उपाध्यक्ष अधिकारीले अहिलेको अवस्थामा सबैले विधान अनुसार चल्नु पर्ने बताए । जसुले उल्लंघन गरेको भएपनि गलत भएको उनको भनाइ छ । यस्ता विषयमा पूर्व अध्यक्षहरुले अभिभावकीय भूमिका निर्वाह गर्नुपने उनको भनाइ छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime