Skip to content

ग्रीनेदी इनर्जीले सेयर निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

काठमाडौं। ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयबासी र सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्काशन गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौता २०८२ मंसिर १ गते सोमबार सम्पन्न भएको हो।

सम्झौतामा ग्रीनेदी इनर्जी लिमिटेडका अध्यक्ष युरेश मान कायस्थ र प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन्।

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको छ। ग्रीनेदी इनर्जीले कास्की जिल्लाको ईदी खोलामा निर्माण गरिएको इदी खोला जलविद्युत आयोजना २०८२ बैशाख ८ गतेदेखि व्यावसायिक उत्पादनमा ल्याइसकेको छ।

आयोजनामा बैकिङ, जलविद्युत, बीमा र पूँजी बजारसम्बन्धी अनुभव भएका व्यक्तिहरूको संलग्नता रहेको बताइएको छ। उक्त आयोजना हाईड्रोलोजी क्यू–६५ संरचनामा आधारित रहेर निर्माण गरिएको हो।

कम्पनीले भविष्यमा अन्य जलविद्युत आयोजना सहित सौर्य र हरित ऊर्जामा समेत लगानी गर्ने योजना रहेको अध्यक्ष युरेश मान कायस्थले बताएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima