Skip to content

सोलु हाइड्रोपावरको आईपीओ निष्कासन, कसले पाउँछ आवेदन दिन ?

nabil bank

काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । दोस्रो चरणमा भने सर्वसाधारणका लागि सेयर निष्कासन हुनेछ ।

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । जसमा १ अर्ब रुपैयाँ १ करोड कित्ता सेयर निष्कासन गर्ने छ ।

आईपीओमा आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका–७, ११ र थुलुङ दूधकोशी गाउँपालिका–१ का स्थानियलाई ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानिय बासिन्दाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता निष्कासन गरिएको छ ।

यस्तै १० करोड रुपैयाँको १० लाख कित्ता सेयर श्रम स्वीकृती लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानियले मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । विदेशमा रहेका नेपालीले मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा मंसिर २१ गतेसम्म आवेदन दिन सकिने छ ।

यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको रहेको छ । आईपीओमा स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime