Skip to content

राष्ट्र बैंकले दुई मनिचेञ्जरको लाइसेन्स खारेज गर्‍यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जरको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले लर्ड बुद्ध मनी एक्सचेन्ज र स्तुपा मनि एक्सचेञ्ज लाइसेन्स खारेज गरेको हो ।
राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ, ‘यस बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका देहाय बमोजिमका मनिचेञ्जरहरुको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजत पत्र तथा निरीक्षण नियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजत पत्र रद्द गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
यी दुई लर्ड बुद्ध मनी एक्सचेन्ज र स्तुपा मनि एक्सचेन्ज काठमाडौं महानगरपालिको सुनधारामा सञ्चालन भएका थिए । राष्ट्र बैंकले समयमा नवीकरण नभएको कारण लाइसेन्स खारेज गरेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T