Skip to content

सेयर बजारमा हरियाली कायमै, बढ्यो कारोबार रकम

nabil bank

काठमाडौं । सेयर बजारमा सोमबार पनि हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ५०.४४ अंकले बढेर परिसूचक २६५०.६६ बिन्दु कायम भएको छ ।

कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १३६ रुपैयाँको कारोबार भएको छ । बजारसँगै कारोबार रकम पनि बढ्दै गएको छ ।
कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ समूहको १८.९५, विकास बैंक ६६.०५, वित्त कम्पनी ३२.५३, होटल १५१.०१, जलविद्युत २७.२८, जीवन बीमा ६४४.९९, उत्पादन तथा प्रशोधन १२३.१६, माइक्रोफाइनान्स ९५.२७, निर्जीबन बीमा ३२१.१४, अन्य ३९.९९ र ट्रेडिङ समूहको उपसूचक २९.२९ अंकले बढेको छ ।
कारोबारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २१५ कम्पनीको मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime