Skip to content

सेयर बजारमा सामान्य सुधार, कारोबार १९ अर्बभन्दा धेरै

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । बुधवार सेयर बजार मापक नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको छ। बुधवार फ्लोट इण्डेक्स ०.०६ अंक बढेको छ । यता सेन्सेटिभ इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ।

सेयर बजार सामान्य बढेको भएतापनि आज कारोबार रकम भने सामान्य घटेको छ। मंगलबार २० अर्ब ८ करोडको सेयर खरिदबिक्री भएको बजारमा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

बुधवार कारोबारमा आएको १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ । बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२३ प्रतिशत बढेको छ। आज अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.१० प्रतिशत घटेको छ।

बुधवार कारोबारमा आएको दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ट्रेड टावर र सान्भि इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज कारोबारमा आएको भूगोल इनर्जी डेभलपमेन्टको सेयरमूल्य यस दिन सर्वाधिक ५.३२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि–इन्स्योरेन्स उच्च स्थापनमा रहेको छ। सो कम्पनीको यस दिन ७८ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज शिवम सिमेन्टको ७५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi