Skip to content

मंगलबार झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब

काठमाडौं ।  नेप्से परिसूचक मंगलबार झिनो अंकले घटेर बन्द भएको छ।  आज  नेप्से परिसूचक ०.४० अंक घटेर २०९८.२९ विन्दुमा झरेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ।
आज  ३ सय १० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँमा खरिद बिक्री भए। सोमबार ६ अर्बमाथिको सेयर कारोबार भएको थियो। 
सामान्य अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। चन्द्रगिरि हिल्सको १० र नेपाल लुबे ओइलको ९.९९प्रतिशतले सेयर मूल्य बढेको हो।
आज मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको ६.२० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स ५५ करोडको कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी अपी पावरको १८ करोड, एनआरएन इन्फ्रास्टक्चरको १३ करोड,नगदी ग्रुपको ११ करोड र सोनापुरको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएका उपसमूहमध्ये ६ वटाको मूल्य बढ्यो भने ७ को मूल्य घट्यो। आज १ सय ३ कम्पनीको मूल्य बढ्दा १ सय ३७ वटाको घट्यो भने ८ को मूल्य स्थिर रह्यो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima