Skip to content

बुधबार नेप्से १० अंकले घट्यो, कारोबार ३ अर्ब ८९ करोड

nabil bank

काठमाडौं । बुधबार पनि नेप्से परिसूचक १०.२५ अंक घटेर २०८८.०४ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.७३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ३११ स्टकको ९० हजार २१० पटकको कारोबारमा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज नेप्से घटे पनि दिन दुई स्टकको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरी हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

त्यस्तै, यस दिन गुराँस लघुवित्त र समाग लघुवित्तको सेयरमूल्य ६.०८ प्रतिशत बढेको छ। आज तेह्रथुम पावर कम्पनीको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य ६.२० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi