Skip to content

सुनको मूल्यले बुधबार पनि स्थिरता, चाँदीको बढ्यो

काठमाडौं ।  नेपाली बजारमा बुधबार पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भने १० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य लगातार स्थिर रहेको आज चौथो दिन हो। बुधबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ७० रूपैयाँमा कारोबार भएको थियो। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T