Skip to content

अब चोकोफन बिगफन अब नयाँ प्याकमा

काठमाडौं । सुजल फुड्स प्रालिले आफ्नो उत्पादन चोकोफन बिगफन नयाँ प्याकमा बजारमा ल्याएको छ।

चोकोफन बिगफन चकलेटले भरिएको क्रिस्पी, क्रन्ची चारवटा तहबाट बनेको छ। त्यसमाथि भेनिल्ला स्टाइप्स हुने भएकाले स्वादले उपभोक्तालाई अधिक रमाइलो र आनन्द प्रदान गर्ने कम्पनीले बताएको छ।

चम्किलो  सुनौलो र रातो रंगमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङले उपभोक्ताको रुचि र प्राथमिकतालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ।

चोकोफन बिगफन १५ ग्राममा उपलब्ध छ। जसको मूल्य १० रुपैयाँ राखिएको छ। यो प्रोडक्ट जार र प्याकेटमा उपलब्ध रहेको छ।

कम्पनीले यसको उत्पादन संसारकै अत्याधुनिक प्रविधिको अटोमेटिक मसिनरिबाट स्वस्थकर वातावरणमा हुने उल्लेख गर्दै अन्तर्राष्ट्रिय  गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने भएकोले गुणस्तर र स्वादमा एकरुपता हुने दाबी गरेको छ।

सुजल फुड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी पनि हो, जुन आइएसओ २२०००ः२०१८ प्रमाणित रहेको कम्पनीको भनाइ छ।

सुजल फुड्सले बिगत ५० वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको वेफर, बबलगम, ललिपप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री वितरण गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi