Skip to content

जाल्पा सामुदायिक लघुवित्तले पनि लाभांश वितरण नगर्ने

 

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

लघुवित्तको सञ्चालक समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाएको जानकारी गराएको छ। 

कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima