Skip to content

बुधबार नेप्से २१.६७ अंकले घट्यो, कारोबार ५ अर्ब २९ करोड

nabil bank

काठमाडौं । नेप्से परिसूचक बुधबार २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ३.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंकले घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज ३१३ स्टकको ९५ हजार पटकको कारोबारमा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज सामलिङ्ग पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.६७ प्रतिशत बढेको छ भने पिपुल्स पावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। आज स्वाभिमान लघुवित्त, मेन्छियाम हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावरको सयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। 

हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६३ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi