Skip to content

सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट  हतियारसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का र उनीसँग रहेका राजकुमार धिमाल छन् । 

उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा बन्दुक भेटिएको हो।  सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले चेक गर्ने क्रममा उनीहरूबाट बन्दुक बरामद गरेको हो।

प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईका निजी सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi