Skip to content
Prabhu

हिमालयन सेक्युरिटिजको कारोबार सुरु

 

काठमाडौँ । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटीज लिमिटेडको व्यावसायिक कारोबार बिहीबारबाट सञ्चालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज तथा सम्वद्ध सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिजकोे कुल चुक्ता पुँजी ६० करोड रुपैयाँ छ ।

पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट विसं. २०८० भदौ ६ गते स्वीकृति प्राप्त गरेको हिमालयन सेक्युरिटीज लिमिटेडले विसं. २०८० माघ ३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।

ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारका सहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरि मार्जिन कारोबार तथा अन्य पुँजी बजारसम्बन्धी सेवाहरु प्रदान गर्ने छ ।

कम्पनीले हाल सीटीसी मल, सुन्धारामा रहेको कार्यालयबाट आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal